|

काठमाडौं : सांसद ज्ञानु बस्नेत सुवेदीले सरकारले नयाँ लेटरग्रेडिङ लागू गर्दा धेरै विद्यार्थीहरू फेल भएको भन्दै उक्त प्रणाली हटाउन माग गरेकी छन्।

आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारले आम विद्यार्थीलाई असफल र निराश बनाई अझ विदेश पलायनको ढोका खोलेको पनि बताएकी छन्।

उनले भनिन्,‘आज मात्रै बोर्डले एसइई नतिजा प्रकाशन गरेको छ,सभामुख महोदय यस वर्ष नयाँ लेटरग्रेडिङ निर्देशिकाअनुसार ५२.१४ प्रतिशत कक्षा ११,१२ पढ्न बन्चित गरिएको छ,यस प्रकारको परीक्षा प्रणालीले थोरै विद्यार्थीलाई अगाडि ल्याउने र आम विद्यार्थीलाई असफल र निरास बनाइ अझ विदेश पलायनको ढोका खोलेको छ,म सरकार र सम्बन्धित निकायलाई विद्यार्थीहरूको भविष्य खेलवाड नगरी यस्तो खालको प्रणाली सच्याउन माग गर्दछु।’

आज सार्वजनिक भएको नतिजा अनुसार सरकारले नयाँ लेटरग्रेडिङ निर्देशिका लागु गरेसँगै ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३ सय १३ जना फेल (एनजी) भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.