|
तस्वीरहरू : नवीन लुइँटेल

ललितपुर : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ यति वेला लगनखेलनजिकै थतिटोलमा राखिएको छ। 

मच्छिन्द्रनाथका ज्योतिषका अनुसार आगामी साउन १७ गतेका दिन रथलाई त्यहाँबाट जावलाखेलतर्फ लगिनेछ। 

रथलाई जावलाखेल ल्याइएको चौथो दिनमा भोटो देखाउने चलन रहेको जात्राको व्यवस्थापन गरेको गुठी संस्थान शाखा कार्यालय ललितपुरले जनाएको छ।

मच्छिन्द्रनाथको रथ राखिएको स्थानमा दिनहुँ भक्तजनको उपस्थिति रहने गरेको छ। मच्छिन्द्रनाथको रथसँगै मीननाथको पनि रथ रहेको छ। 

रथमा विराजमान मच्छिन्द्रनाथको पूजाआजाका लागि पुजारीहरू छन् भने रथको सुरक्षाका लागि नेपाल प्रहरी खटिएको छ।

सो स्थानमा भक्तजनहरू पूजा आजा र दर्शन गर्न पुगिरहेका छन्। पूजा सामग्री र फलफूलका स-साना पसल पनि थापिएको छ। 

मच्छिन्द्रनाथको रथ हेर्न स्वदेशी सहित विदेशी पनि पुग्ने गरेका छन्। 

ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा पुरानो र सबैभन्दा लामो जात्राका रूपमा परिचित छ। 

पुल्चोकमा रथारोहण गरी शुरु भएको मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको गाः बहाल, मङ्गलबजार, सुन्धारा, लगनखेललगायत विभिन्न ठाउँमा घुमाएर थती टोलमा राखिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.