|

संयुक्त राष्ट्रसंघले सुडानका १४ स्थानमा भोकमरी हुनसक्ने चेतावनी दिएको छ।

‘ग्रेटर डार्फर, ग्रेटर कोर्डोफान र अल जजिरा राज्यहरूका साथै खार्तुमका केहीस्थान लगायतका १४ स्थानमा भोकमरीको जोखिम छ’, संयुक्तराष्ट्रले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । 
वेबसाइटमा सुडानका १० राज्यका सात लाख ५५ हजार मानिस भोकमरीको विपत्तिजनक पाँचौ चरणको सामना गरिरहेको उल्लेख छ । सुडानका ८५ लाख मानिस अर्थात १८ प्रतिशत जनसङ्ख्या खाद्य सुरक्षाबाट पीडित रहेको बताइएको छ। 

सुडान सन् २०२३ अप्रिलको मध्यदेखि सुडानी सशस्त्र बल र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सबीचको घातक द्वन्द्वमा फसेको छ। द्वन्द्वका कारण १६ हजार ६५० भन्दा बढीले ज्यान गुमाइसकेको मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालयले जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.