|

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुने बताएका छन्।

शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफूहरुले समस्या समाधान गर्नुपर्ने कुराहरुलाई ध्यानमा राखेर कार्यक्रमहरु ल्याउने बताए। उनले समाजवादी कार्यक्रम ल्याउने, स्थापित गर्ने, मुलुकमा वाम विकल्प दिनेगरी नेतृत्व निर्माण गर्ने प्रतिबद्धता जनाए।

उनले विगतमा असाधारण वाम विकल्प रहेको र अहिले भत्किएको भन्दै त्यसलाई समेत जोड्ने गरी नेतृत्व चयन हुने बताए। महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै समाजवादी कार्यक्रमलाई बोक्ने शक्ति निर्माण गर्ने बताए।

उनले भने, ‘हामी विस्तृत छलफलका साथ म फेरि पनि त्यो संकल्पका हिसावले भन्दै छु। आगामी दिनमा हामीले समाधान गर्नुपर्ने सबै समस्यालाई समाधान गर्दै समाजवादी कार्यक्रमलाई बोक्ने, स्थापित गर्ने र मुलुकमा एउटा वाम विकल्प, जति सकिन्छ छिटो दिने हो। हिजो एउटा वाम विकल्प थियो, असाधारण वाम विकल्प थियो, त्यो भत्किएको थियो, भत्किएको छ, त्यसलाई समेत जोड्ने र इतिहासको त्यो दायित्वलाई पनि पूरा गर्नसक्ने गरी हाम्रो नेतृत्व एकतावद्ध भएर हाम्रो नेतृत्व चयन गर्नेछौँ।’

महासचिव भुसालले पार्टीको महाधिवेशनबाट पारित दस्तावेजले दशकौँसम्म कम्युनिष्ट आन्दोलनलाई दिशा निर्देशित गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.