|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले कम्युनिष्टहरुबीच पुनः एकता हुनपर्ने बताएका छन्। शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले कम्युनिष्ट पार्टीले एकता गर्छौं भनेर आफ्नो प्रश्ताव राख्नुपर्ने बताए। उनले कम्युनिष्ट पार्टीको घोषणापत्रमा भनेअनुसार समाजवाद निर्माण गर्नको निम्ति सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर्नुपर्ने बताए।

उनले  जमिन उत्पादनको साधनको सबैभन्दा मूल यन्त्र भएकाले आफूसँग नलिकन समाजवाद स्थापना नसकिने बताए।

उनले भने, ‘कमसे कम कम्युनिष्ट पार्टीले हामी एकता गर्छौं भनेर आफ्नो प्रश्ताव राख्नुपर्‍यो। हामी एकता गर्छौं। नेपालमा कम्युनिष्ट क्रान्तिकारीहरुको बीचमा एकता हुनैपर्छ। त्यही कम्युनिष्ट पार्टीको घोषणापत्रमा भनेको छ। समाजवाद निर्माण गर्नको निम्ति सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर। राष्ट्रियकरण किन गर्नेभन्दा जमिन उत्पादनको साधनको सबैभन्दा मूलयन्त्र हो। मूल शक्ति हो, मूल उत्पादक साधक हो। त्यो शक्ति आफूसँग नलिकन समाजवाद स्थापना गर्न सकिँदैन। फेरि पनि कम्युनिष्टहरु बीचको एकता हुनैपर्छ।’

उनले कम्युनिष्टहरुको एकताको लागि आफू पुनः सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.