|

काठमाडौँ : नेकपा (माले)का महासचिव सिपी मैनालीले मुलुक विदेशीहरूको चक्रव्युहमा फसेको बताएका छन्।

दलहरूलाई प्रयोग गरेर नेपाललाई विदेशीहरूले आफ्नो नियन्त्रणमा लैजाने रणनीतिक लक्ष्य बनाएको महासचिव मैनालीको जिकिर थियो। पुष्पलाल अध्ययन समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मुलुकलाई विदेशीहरूको नियन्त्रणबाट मुक्त गर्न नेपालका कम्युनिष्ट पार्टीहरूले आफ्नो विगतलाई समीक्षा गरेर अघि बढ्नुपर्ने बताए।

महासचिव मैनालीले मुलुकमा तत्काल जनवाद आउने सम्भावना नभए पनि कम्युनिष्टहरूले आफ्ना कमजोरी सुधार गर्दै अघि बढे समाजवाद निर्माणको आधार भने बताउन सक्ने बताए।

मैनालीले भने, ‘अब दलहरूलाई प्रयोग गरेर नेपाललाई विदेशीको नियन्त्रणमा लैजाने दोस्रो रणनीतिक लक्ष्यमा लागेको छ। यस्तो खालका कमजोरी हाम्रोमा छन्। अहिले तत्कालै जनगणतन्त्र, तत्कालै समाजवाद आउने कुरा त म देख्दिनँ। अहिले मुलुक विदेशीहरूको चक्रव्युहबाट मुक्त भएर स्वतन्त्र समाजको रूपमा अघि जानसक्छ। देशमा जनसत्ता आउन सक्ला र पुँजीवादविरोधी समाजवाद निर्माण गर्ने परिस्थितिको सृजना हुनसक्ला।’

महासचिव मैनालीले नेपालमा अहिले पनि कम्युनिष्ट शक्तिहरूबीच एकता भइहाल्ने अवस्था नरहेको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.