|

काठमाडौं : जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीको आत्मकथा ‘जाजरकोटको एक अनन्त यात्री’ शनिबार लोकार्पण गरिएको छ । 

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आयोजित कार्यक्रममा उक्त पुस्तकको लोकार्पण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि ओलीले घर्तीलाई आत्मकथा प्रकाशन गर्ने पहिलो मेयर भएकोमा अभिनन्दन गर्दै शुभकामना दिए ।

उनले असार १५ गते नेपालका धेरै प्रसिद्ध व्यक्तिहरूको जन्मदिन पनि परेको उल्लेख गर्दै, लेखकलाई पनि यस्तै प्रसिद्धि मिलोस् भन्ने कामना गरे । साथै, राष्ट्रिय धान दिवसको शुभकामना दिँदै कृषि कर्ममा लागिरहन सबैलाई ओलीले आग्रह पनि गरे ।

कार्यक्रममा लेखन कुञ्जका अध्यक्ष कमल ढकाल, विश्व उत्प्रेरणा प्रशिक्षक रमण भट्टराई र ब्लाइन्ड रक्सकी अध्यक्ष सृष्टि केसी, मिडियाकर्मी सिमोन न्यौपाने लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । लेखकका परिवारजनमा छोरी सुशाशिका र भाइ एवं अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष नारायण घर्ती सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरू पनि कार्यक्रममा सहभागी थिए ।

लेखन कुञ्ज (घोस्ट राइटिङ नेपाल) द्वारा प्रकाशित यो पुस्तक लेखकको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको हो । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.