|

काठमाडौँ : आरोह फर्टिलाइजर्सले जैविक मल नेपाली बजारमा ल्याएको छ। कम्पनीले उत्पादन गरेको जैविक मल नेपालमै पहिलो रहेको दाबी गरिएको छ।

माटोमा जथाभावी रासायनिक मल र कीटनाशकको प्रयोग कम गर्न जैविक तथा अर्गानिक मल ल्याएको जनाइएको छ। यो मल कृषि उत्पादनमा बढी उपयोगी हुनुका साथै उत्पादनमा वृद्धि तथा वातावरणमैत्री रहेको पनि बताइएको छ।

आरोह जैविक तरल मल, आरोह जैविक दानादार‚ पाउडर मल र आरोह जैविक कीटनाशक गरी तीन प्रकारका मल बजारमा उपलब्ध रहेको कम्पनीका अध्यक्ष शैलेन्द्र राणाले जानकारी दिए।

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उत्पादन क्षमता घट्न गई मानव स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको अवस्थामा किसानका लागि यो मल उपयोगी हुने विश्वास लिइएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.