|

काठमाडौँ : नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालले भूराजनीतिक सन्तुलन मिलाउन आवश्यक रहेको बताएका छन्।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालले भूराजनीतिक सन्तुलन मिलाउनसके देश बन्ने बताएका छन्।

नेपाल ऐतिहासिक कारणले पछि परेको भए पनि जैविक, वातावरणीयरुपले हामी पछाडि नपरेको बताए। उनले नेपाल समृद्ध बन्न पछिल्लो ज्ञान, विज्ञानमा आधारित वैज्ञानिक विचार प्रणालीलाई अपनाउनुपर्ने बताए। 

उनले नेपालको बहुलजातीय, बहुभाषी सांस्कृतिक चरित्र नेपालको मौलिकता भएको बताए। उनले आन्तरिक लोकतन्त्रलाई पनि बढी मजबुत बनाउन जरुरी रहेको बताए। उनले समावेशी र सहभागितामुलक लोकतन्त्रलाई अझ माथि पु¥याउने गरी काम गर्नुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.