|
फाइल तस्वीर

भक्तपुर : नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवं कृषि समितिका सभापति आरजु देउवा राणाले नेपालमा पनि उन्नत जातको धानका बीउ लगाएर उत्पादकत्व बढाउनुपर्ने धारणा व्यक्त गरेकी छिन्।

एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा आज नेपाल किसान सङ्घ भक्तपुरले आयोजना गरेको कार्यक्रममा उनले कृषि उत्पादकत्व बढाएर देशमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइन्। उनले रोपाइँको समयमा किसानले पर्याप्त मल नपाउनु दुःख विषय भएको बताइन्।

नेत्री देउवाले भिनन्, “नेपालमा खेतीयोग्य जमिन बाँझो हुन थालेको छ, बाँझो खेतीयोग्य जमिनलाई उपयोगमा ल्याउन नीति बनाउनु आवश्यक छ।  रासायनिक मललाई सहकारीमार्फत वितरण भए पनि राम्रोसँग वितरण हुन नसकेकाले त्यसको उचित  व्यवस्थापन गरी वितरण गर्नु आवश्यक छ।”
    
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र नेपाली कांग्रेस भक्तपुरका सभापति एवं सङ्घीय सांसद दुर्लभ थापाले मल र गुणस्तरीय बीउ ल्याएर स्वदेशी उत्पादन बढाउनुपर्ने बताइन्।

कार्यक्रमका सभापति एवं सङ्घका अध्यक्ष इन्द्र प्रजापतिले असार १५ मा दिवस मनाएर मात्रै नभई धान उत्पादनलाई आत्मनिर्भर बनाउने गरी राज्यले नीति लिनुपर्ने बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.