|

काठमाडौँ : आईसीसी टी–२० विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकासामु १७७ रनको लक्ष्य दिएको छ। 

टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रन बनायो। यसअघिका खेलमा खासै प्रदर्शन गर्न नसकेका भारतका विराट कोहलीले यो पटक भने सर्वाधिक ७६ रन बनाए। सुरुवाती राम्रो नभए पनि भारतले पछि सुधारेको थियो।

कप्तान रोहित शर्माले मात्र ९ रन बनाए। ऋषभ पन्त शून्य रनमा आउन भए भने सूर्यकुमार यादवले ३ रन मात्रै ल्याउन सके। यादवलाई कागिसो राबाडाले आउट गरे।

तर पछि कोहली र अक्षर पटेलले ५४ बलमा ७२ रनको साझेदारी गरेपछि भारत लयमा फर्किएको हो। रन आउट भएका पटेलले ३१ बलमा ४७ रन बनाए।

शिवम् दुवेले पनि २७ रनको महत्त्वपूर्ण इनिङ्स खेले। दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्टजेले २–२ विकेट लिए। त्यस्तै, मार्को यानसेन र कागिसो रबाडाले १–१ विकेट झारे।

भारत १७ वर्षपछि उपाधि जित्ने दाउमा छ भने दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको उपाधि आफ्नो पक्षमा पार्ने दाउमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.