|

काठमाडौं : नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुनः गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भई शपथ लिएका छन्।

माओवादी संसदीय दलको कारबाही सर्वोच्चको आदेशले उल्ट्याइदिएपछि देवकोटालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पुनः ऊर्जामन्त्रीमा नियुक्त गरेका हुन्।

नेकपा माओवादी केन्द्रको चुनाव चिन्हमा निर्वाचित भएका उनले गत जेठ २८ गते माओवादीको निर्णयविपरीत मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएको भोलिपल्टै मन्त्री नियुक्त भएका थिए।

ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले पदमुक्त गर्ने निर्णय गरेको थियो। माओवादीको निर्णयअनुसार सभामुख कृष्णप्रसाद धितालले जेठ ३२ गते देवकोटा पदमुक्त भएको सूचना टाँसेका थिए। त्यसविरुद्ध सर्वोच्चमा गएका देवकोटा प्रदेश सभा सदस्यकै हैसियममा काम गर्न गर्न आदेश पाएपछि शुक्रबारदेखि संसद छिरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.