|

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचार समाप्त गर्ने कुरामा सबैले प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताएका छन्।

आइतवार पार्टीको राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले देशबाट शोषण कसरी समाप्त गर्न सकिन्छ, देशको राष्ट्रिय स्वतन्त्रतालाई रक्षा कसरी गर्ने भन्नेमा प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताए। उनले देशको सामाजिक आर्थिक रूपान्तरण कसरी हुन्छ ? कृषिलाई कसरी अग्रगतितर्फ लैजाने भन्ने सोच्न जरुरी रहेको बताए। उनले देशको शिक्षा र स्वास्थ्यमा धेरै विकृति रहेको बताए। उनले गम्भीर राष्ट्रिय सवालमा एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको बताए।

उनले भने, ‘हामी यो देशमा कसरी भ्रष्टाचारलाई समााप्त गर्न सकिन्छ भन्नेमा प्रतिस्पर्धा गरौँ। यो देशबाट शोषण कसरी समाप्त गर्न सकिन्छ, यो देशको राष्ट्रिय स्वतन्त्रतालाई रक्षा गर्ने काममा हामी कसरी प्रतिस्पर्धा गरे अघि बढ्न सक्छौँ। यो देशको सामाजिक आर्थिक रुपान्तरण कसरी हुन्छ ? कृषिलाई कसरी अग्रगतितर्फ लैजान्छौँ। यो देशलाई राष्ट्रिय औद्योगिकरण कसरी गर्छौं, यो देशको शिक्षा र स्वास्थ्यमा हेर्नुुस् यति धेरै विकृति फैलिएका छन्। यी कुराका लागि तपाईं हामी प्रतिस्पर्धा गरौँ।’

सम्मानित नेता खनालले सुखी नेपाली समृद्ध नेपालतिर देशलाई सबै मिलेर अघि लैजानुपर्ने बताए। पार्टीको नयाँ नेतृत्व सकेसम्म एकै आवाजका साथ सहमतिबाट गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.