|

काठमाडौं : फ्रान्समा भएको पहिलो चरणको संसदीय निर्वाचनमा दक्षिणपन्थी पार्टी नेशनल र्‍याली एनआरले फराकिलो अग्रता लिएको छ। 

पहिलो चरणको मतदानमा फराकिलो अग्रता पाएपछि आरएनकी राष्ट्रपति उम्मेदवार मरिन ले पेनले म्याक्रोँवादी गुटको अन्त्य भएको प्रतिक्रिया दिएकी छन्। उनको पार्टी एनआरलाई ३३ दशमलब २ प्रतिशत मत प्राप्त हुने देखिएको छ।

जबकी वामपन्थी गठबन्धनलाई २८ दशमलब १ प्रतिशत मत प्राप्त हुँदा राष्ट्रपति एम्यानुएल म्याँक्रोको गठबन्धनलाई २१ प्रतिशत मत आउने सम्भावना देखिएको बीबीसीले जनाएको छ। 

फ्रान्सको इतिहासमा दक्षिणपन्थी पार्टी एनआरले इतिहासमै पहिलोपटक पहिलो चरणको चुनाव जितेको हो। एनआर पार्टीका युवा नेता २८ वर्षीय जोर्डन बार्डेला प्रधानमन्त्रीको दाबेदार छन्।  ५ सय ७७ सिट रहेको फ्रान्सको तल्लो सदन नेशनल एसेम्बलीमा बहुमतका लागि २ सय ८९ सिट आवश्यक पर्छ। 

त्यहाँ ७ जुलाईमा दोस्रो चरणको मतदान हुनेछ। पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ। यो प्रतिस्पर्धाले पहिलो चरणको नतिजा उल्टिन सक्छ।

अहिले मुख्य प्रतिस्पर्धामा देखिएका तीन दल तथा गठबन्धनका दुई–दुई उम्मेदवार हुँदा कुनै पनि पार्टीको बहुमत प्राप्त नहुने र बरु संसद नै त्रिशंकु बन्न सक्ने विश्लेषणहरु गर्न थालिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.