|

मध्य चीनको हुनान प्रान्तको जिजियाङ नदीमा बाढी रोकथामका लागि ड्रोनको प्रयोग गरिएको छ। नदीमा पाँच दिनमा तीनपटक बाढी आएपछि बाढी नियन्त्रणमा चुनौती थपिएको हो।

अनहुआ काउन्टीमा स्थानीय अधिकारीहरूले नदीको किनारमा बाढी रोकथाममा ड्रोन प्रयोग गरेका छन्। मानव गस्तीको तुलनामा, ड्रोन गस्ती छिटो भएकाले प्रयोग गर्नुपरेको बताए।

जिजियाङ नदीको काउन्टी–सीट खण्डमा गस्ती गर्न ड्रोनलाई मात्र २० मिनेट लाग्छ। जसले छोटो समयमा सम्भावित खतराहरू पहिचान गर्न सक्षम बनाउँछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.