|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले अस्पतालहरुको सुधार नै आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन्।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्। उनले स्वास्थ्य संस्थाको सुधारका लागि मन्त्रालय रातदिन काम गरिरहेको बताए। उनले राजनीति अस्थिर रहेकाले सबै ठूलो काम गर्छु भनेर प्रतिबद्धता जनाउन नसकिने बताए।

उनले अहिले भएका संरचनालाई अझ व्यवस्थित गर्नका लागि आफू लागिपरेको बताए। उनले अस्पताल सुधारका लागि मन्त्रालयका अतिरिक्त दुईजना सचिवको नेतृत्वमा काम भइरहेको बताए।

उनले स्वस्थ्य क्षेत्रमा जनशक्ति कम रहेको भन्दै करारमा लिएर भए पनि काम गराउने प्रतिवद्धता जनाए। उनले मन्त्रालय मातहतमा रहेका अस्पतालको सुधारका लागि विभिन्न कार्यक्रमसहित अघि बढेको बताए। उनले बीमामा धेरै महाभारत चलिरहेको बताए। उनले स्वास्थ्य बीमा स्वास्थ्य मन्त्रालयअन्तर्गत नरहेको भन्दै राज्यले बीमालाई स्वायत्त गरिदिएको बताए। आफू अग्रसर भएर बीमा बोर्डका अध्यक्षसँग कुरा गरेको र छलफल गरेर बीमामा भएका बेथितिको सुधार गर्ने बताए। सबै नागरिकलाई बीमामा समेट्न आफूहरु लाग्ने बताए।

उनले भने, ‘अस्पतालहरुको सुधार नै मेरो मुख्य लक्ष्य हो। सुधार कसरी गर्ने त्यसमै म आएदेखि नै लागिपरेको छु। सुधार गर्नको निमित्त अघि बढेका छौँ। राजनीति स्थिर छैन, अस्थिरता छ। जहाँ अस्थिरता हुन्छ, त्यहाँ ठूलो ठूलो क्रान्तिकारी कुरा गरेर सम्भव पनि हुँदैन। त्यसकारण जुन हाम्रो अवस्था छ, त्यसलाई कसरी सुधार गर्ने, त्यसमा हामीले अघि बढेर काम गरिरहेका छौँ। सबै कुरा बुझेका छैनौँ तर अधिकतम कुरा बुझेर काम गरिरहेका छौँ। अस्पताल सुधारका लागि मन्त्रालयका अतिरिक्त दुई जना सचिवज्युहरुको नेतृत्वमा हामीले विभिन्न शीर्षकमा खटाएका छौँ। जुन एउटा रिपोर्ट आइसक्यो।’

मन्त्री यादवले स्वास्थ्य क्षेत्रको सुधारका लागि मन्त्रालय लागिरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.