|
फाइल

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले सरकारमा सहभागी मन्त्रीहरूलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने खबर सत्य नभएको जनाएको छ। 

आज साँझ सचिवालयले सामाजिक सञ्जालबाट सूचना जारी गरी उक्त खबर सत्य नभएको प्रष्ट्याएको हो। 

'नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरुलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चारमाध्यममा खबर आइरहेको छ। तर मन्त्रीहरुलाई अध्यक्ष ओलीले छलफलका लागि बोलाउनुभएको खबर सत्य नभएको जानकारी गराइन्छ', सूचनामा भनिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.