|
फाइल तस्वीर

काठमाडौँ : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको संसदीय दलको नेतामा अझै आफू नै रहेको प्रष्ट पारेकी छन्।

उनले संसदीय दलको नेता फेर्ने विषयमा कुनै पनि छलफल नभएको र संसद् सचिवालयमा पठाइएको पत्रमा झुट्टा विवरण राखिएको दावी गरेकी छन्।

“पार्टीमा माननीयज्यूहरुले जुन हर्कत देखाउनुभयो, यो विषयमा सरसल्लाह नै नगरी, बैठक नबसी निर्णय दिनुभयो, यो आफैँमा गलत हो। त्यो पत्र संसद् सचिवालयमा पठाइएको छ‚’ उनले भनिन्, ‘सचिवालयमा विधान, कानुन होला। यसलाई अतिरञ्जित बनाउनुपर्ने कुनै कारण छैन। हरेक पार्टीमा अन्तरकलह, अन्तरद्वन्द्वको स्थिति हुन्छ। नयाँ विषयवस्तु होइन, सामान्य रूपमा लिएकी छु।”

उनले काठमाडौँबाहिर कोठे बैठक बसेर पत्रमा भने संसदीय कार्यालयमा बसेको भन्ने ब्यहोरा उल्लेख गरिएको दावी गरिन्। 

“मन्त्री बन्ने भनेर जुन कुरा बाहिर आएको छ, उहाँहरूबीचमा यो नगर्नुभएको भए हुनेथियो। पार्टी अध्यक्ष म नै छु र अहिलेसम्म संसद् सचिवालयमा म नै कायम छु‚ परिवर्तन भएको छैन‚’ उनले भनिन्, ‘उहाँहरूले बुझाउनुभएको पत्रमा विहान १० बजे संसदीय दलको कार्यालयमा बसिएको बैठक भन्नु भएको छ। त्यो वेला उहाँहरू काठमाडौँमा हुनुहुन्न।”

उनले त्यो पत्रमा डिजिटल हस्ताक्षरको कुरा पनि बाहिर आइरहेको बताइन्। 

“परिवर्तन नै गर्नुपर्ने भए पनि आन्तरिक सल्लाह लिएर जानुभएको भए वेटर हुनेथियो। काठमाडौँबाहिर टीकापुरमा कोठाभित्र गरिएको छलफललाई कार्यालयमा बसेको भनिएको छ‚’ उनले भनिन्, ‘सचिवालयमा बुझाइएको पत्र कम्प्युटराइज्ड, डिजिटल हस्ताक्षर हो भन्ने कुरा आइराछ।”

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.