|

काठमाडौँ : रोल्पाको घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप आज माडी गाउँपालिका ४ परेवा छहरामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। 

रोल्पाका प्रहरी नायव उपरीक्षक भरत लामाले घाइते भएका ११ जनामध्ये एक महिला र एक पुरुषको मृत्यु भएको थाहाखबरलाई जानकारी दिए। उनीहरूको सनाखत हुन सकेको छैन।

उनका अनुसार अन्य ९ जना घाइतेमध्ये ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र केहीलाई अस्पताल ल्याईँदै छ। आज अपराह्न जीप सडकबाट करिब ४ सय मिटर तल खसेको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.