|

काठमाडौँ : रोल्पाको घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप आज माडी गाउँपालिका ४ परेवा छहरामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । 

रोल्पाका प्रहरी नायव उपरीक्षक भरत लामाले घाइते भएकामध्ये ७ जनाको मृत्यु पुष्टी भएको थाहाखबरलाई जानकारी दिए। उनीहरूको सनाखत हुन बाँकी छ। अन्य केही घाइतेको पनि अवस्था गम्भिर रहेको उनले बताए। केही घाइतेको अस्पतालमा उपचार भइरहेको र केहीलाई सुविधायुक्त अस्पतालमा पठाउने तयारी भइरहेको जनाइएको छ ।

आज अपराह्न जीप सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटनामा परेको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.