|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले  पदाधिकारी बैठक बोलाएको छ। 

परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न आज दिउसो २ बजे पार्टी  कार्यालयमा बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। 

नयाँ सरकार गठन गर्नेबारे दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएपछि राजनीति परिस्थिति मोडिएको छ। 

दुई दलले संविधान संशोधनलगायतका मुद्दा अघि सारेपछि राप्रपा पनि सकारात्मक छ। त्यस बारेमा आज बैठकले पार्टीको धारणा तय गर्ने प्रवक्ता श्रेष्ठले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.