|
फाइल फोटो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समितिको बैठक बस्दैछ।  पार्टी केन्द्रीय कार्यालय चमतीमा आज बिहान ८ बजेबाट सुरु हुने भनिएको बैठक अझै सुरु भएको छैन। नेताहरु आउने क्रम जारी रहेकोले बैठक सुरु हुन अझै केही समय लाग्ने पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

पार्टीका महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई गत बुधबार बुझाएको प्रतिवेदनमाथि समीक्षा गर्नका लागि पार्टीको केन्द्रीय समिति बैठक बोलाइएको हो।   महामन्त्री मुकुलले देश दौडाहापछि पार्टी दुर्घटनाउन्मुख रहेको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएका थिए। 

पार्टीको मत बुझ्न ३८ जिल्ला पुगेर तयार पारिएको प्रतिवेदनमा अहिलेकै तरिकाले पार्टी अघि बढे दुर्घटनामा पर्ने निश्चित रहेको उल्लेख गरिएको छ।  महामन्त्री ढकालले यही अवस्थामा चुनावमा गए रास्वपा मुस्किलले राष्ट्रिय पार्टी बन्ने भएकाले अहिले नै सच्चिनुपर्ने सुझाव दिएका छन्। 

यस्तै महामन्त्री ढकालले पार्टी प्रदेश संरचना खारेज गर्नुपर्ने निष्कर्षसहितको पार्टीको समीक्षा प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए। यसका साथै, उक्त बैठकमा समयसामयिक राजनीतिक विषयमा समेत छलफल हुने पार्टीका छ। 

एमाले–कांग्रेसको नयाँ सरकार बन्ने भएपछि रास्वपा त्यसमा सहभागी नहुने जनाएको छ। मंगलबार बसेको सचिवालय बैठकले रास्वपा प्रतिपक्षमा रहने निर्णय गरेको हो।

एमाले–कांग्रेसको नयाँ सत्ता सहकार्यको सहमति भएपछि रास्वपाको बैठक बस्न लागेको हो। आजको बैठकमा वर्तमान राजनीतिक परिवर्तनका बारेमा पनि छलफल हुने जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.