|

काठमाडौँ: वि. सं. २०२२ मा बनेको नेपालमा निजी क्षेत्रको पहिलो फिल्म 'माइतीघर'की अभिनेत्री माला सिन्हा काठमाडौँ आएकी छन्। भारतीय फिल्म क्षेत्रमा लामो समय काम गरेकी उनी काठमाडौँमा भएको सिने सर्कल अवार्ड वितरण समारोहमा सहभागिता जनाउन आएकी हुन्। मालासँगै उनका पति सीपी लोहनी पनि काठमाडौँ आएका छन्। सीपी माइतीघर फिल्मका कलाकार हुन्।

एलजी सिने सर्कल अवार्ड २०७४ मा माला र सीपीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरेका थिए। मालालाई सम्मान गर्न पाउनु आफ्नो लागि महत्त्वपूर्ण क्षण भएको उपराष्ट्रपति पुनले बताए। सिन्हा कार्यक्रममा भावुक बनेकी थिइन्। उनले नेपालका उपराष्ट्रपतिबाट सम्मानित हुन पाएकोमा गौरवान्वित भएको बताइन्। उनले नेपाली जनताले देखाएको मायाले आफूलाई प्रेरणा मिलेको पनि बताइन्। 

तत्कालीन समयमा भारतीय फिल्म क्षेत्रमा व्यस्त नायिका माला नेपाली फिल्म माइतीघरमा अभिनय गर्न नेपाल आएकी थिइन्। नेपाल आएको बेला उनी र नेपाली कलाकार एवं उद्योगी सीपी लोहनी प्रेममा परेका थिए। पछि उनीहरूले प्रेम विवाह गरेका थिए। 

आर्मी अफिसर्स क्लब भद्रकालीमा भएको अवार्ड वितरण कार्यक्रममा नेपाली फिल्म क्षेत्रमा संलग्न कलाकार, खेलाडी, उद्योगीलगायतको सहभागिता रहेको थियो।

हेर्नुस् फोटा:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.