|

बाजुरा : बूढीगंगा-५ कुल्मेमाडौंकी कलुदेवी सार्की ७९ वर्षको उमेरमा नागिरकता बनाउन सफल भएकी छन्। आफ्ना दौंतरीले वृद्धभत्ता पाएको देखेर उनले धेरैपटक नागरिकता बनाउन प्रयास गरेकी थिइन् तर सकेकी थिइनन्।

जिल्लाको दक्षिण क्षेत्रका २ नगरपालिका र २ गाउँपालिकालाई सेवा दिने उद्देश्यले बूढीगंगा नगरपालिकाको फालासैनीमा सञ्चालन गरिएको शिविरबाट उनी नागरिकता लिन सफल भएकी हुन्। २ दिनसम्म सञ्चालन गरिएको शिविरमा ४ सय ४० जनाले नागरिकता प्राप्त गरेका थिए। शिविरमा गाउँमा आफन्त नभएकाहरुले समेत नागरिकता लिने भएका छन्। जनप्रतिनिधिको पहलमा उनीहरुले नागरिकता पाएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.