|

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले सबै वडा कार्यालयहरूलाई आवासीय क्षेत्रभित्र कवाडी व्यवसाय दर्ता र नवीकरण नगर्न/नगराउन निर्देशन दिएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै महानगरको नीतिविपरीत दर्ता नगर्न निर्देशन दिएको हो।

महानगरपालिकाका अनुसार काठमाडौँ महानगरपालिकाको आव ०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा काठमाडौँ महानगरपालिकाको आवासीय क्षेत्रबाहेकका स्थानहरूमा मात्र कवाडी तथा निर्माणजन्य सामग्री बिक्री केन्द्रहरू सञ्चालन गर्न अनुमति दिइने भन्ने प्रावधान छ।

‘ती प्रावधान रहेको हुँदा चालू आव ०८१/८२ देखि काठमाडौँ महानगरक्षेत्रभित्रका आवासीय क्षेत्रभित्र कवाडी व्यवसाय दर्ता/नवीकरण नगर्नु/नगराउनु हुन अनुरोध छ,’ सूचनामा उल्लेख छ।

कामपाको नीतिविपरीत सञ्चालनमा रहेको पाइएमा सोको विवरण यथाशिघ्र राजश्व विभागमा उपलब्ध गराउन पनि महानगरपालिकाले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.