|

वीरगञ्ज : वीरगन्ज महानगरपालिकाको प्रमुख पदका लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का मुख्य दावेदार विमल श्रीवास्तव र राजेशमान सिंह पक्षका कार्यकर्ताबीच शुक्रबार सुरु नहुँदै झडप भएको छ। झडपपछि बैठक नै स्थगित गर्नुपरेको छ।

राजपा नेतृत्वले निर्वाचनमा भाग लिने निर्णय गरेसँगै वीरगञ्ज महानगरपालिकाको प्रमुख पदको टिकटको विषयलाई लिएर विवाद चर्किएको छ। पार्टीले आसन्न स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको भोलिपल्टै वीरगञ्जमा प्रमुख पदको उम्मेदवारको विषयमा विवाद भई कार्यकर्ताबीच झडप भएको हो।

वीरगन्जको प्रमुख पदको उम्मेदवार छनोट गर्न केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा शुक्रबार स्थानीय कुमु प्यालेश होटलमा राजपाको बैठक बस्ने कार्यक्रम तय भएको थियो। बैठकमा केन्द्रीय पर्यवेक्षक विजय गुप्ता, जिल्लामा रहेका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष मण्डलका सदस्य र मेयरका आकांक्षी नेतालाई मात्रै बोलाइएको थियो। तर, प्रमुख पदका आकांक्षी श्रीवास्तव र सिंहका समर्थक कार्यकर्ता बैठक सुरु नहुँदै झण्डा र ब्यानर बोकेर होटलमा आफ्ना दलबलसहित बैठकमा नाराबाजी गर्दै प्रदर्शनमा उत्रिएपछि स्थिति तनावपूर्ण बनेको थियो।

नाराबाजीका क्रममा श्रीवास्तवका समर्थक श्यामबाबु चौरसियाले श्रीवास्तवको पक्षमा रा लगाउँदा सिंहका समर्थकले उनलाई धकेलेपछि दुवै समूहका समर्थकबीच हात हालाहाल भएको हो। बैठक हुने हलमा दुबै नेताका समर्थक कार्यकर्ताले एक अर्कालई लक्षित गरी कुर्सी प्रहार गरेपछि स्थिति झन् तनावपूर्ण बनेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.