|

संखुवासभा : जिल्ला अस्पताल संखुवासभामा पाठेघर (आङ)खस्ने समस्या भएका महिलाको निःशुल्क शल्यक्रिया गरिएको छ।

संखुवासभामा १४ जना पाठेघर (आङ)खस्ने समस्या भएका महिला निःशुल्क शल्यक्रियाबाट लाभान्वित भएका छन्। पाठेघर खस्ने समस्याका महिलालाई जिल्ला अस्पताल संखुवासभामा निःशुल्क शल्यक्रियाको व्यवस्था गरेपछि लामो समयदेखि रोग लुकाउनुपर्ने बाध्यतामा रहेका महिलालाई राहत मिलेको छ।

जिल्ला अस्पतालले गरेको निःशुल्क शल्यक्रिया शिविरमा १४ जना पाठेघर (आङ)खस्ने समस्या भएका महिलाको निःशुल्क शल्यक्रिया गरिएको जिल्ला अस्पताल संखुवासभामा  प्रमुख सन्तोष देवले जानकारी दिए। अस्पतालका प्रमुख देवका अनुसार पाठेघर खस्ने समस्या रहेका तर आर्थिक समस्याका कारण उपचार गर्न नसकेका महिला लाभान्वित भएका छन्।

गत वर्ष पाठेघर खस्ने समस्या भएका ६ जना महिलाको शल्यक्रिया गरिएको थियो। जिल्ला अस्पतालले उपचारपछि एक हजार पाँच सय रुपैयाँ खर्च समेत उपलब्ध गराएको छ।

अस्पतालले विरामी जान–आउन तथा खान–बस्नको व्यवस्था मिलाइदिएको थियो। लामो समयदेखि पाठेघर खस्ने समस्याले घरमै पीडित बनेर बसेका १४ जना महिलाको निःशुल्क शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.