|

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको निमित्त उपकुलपतिमा प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सन्जिवकुमार शर्मालाई  जिम्मेवारी दिइएको छ।

प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले आफ्नो ५ वर्षे कार्यकाल पूरा गरी गत चैत २६ गते अवकाश पाएपछि बीपी प्रतिष्ठानमा उपकुलपतिको पद रिक्त भएको थियो।

वैशाख ४ गते प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको निर्णयअनुसार स्वास्थ्य मन्त्रालयले शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको बीपी प्रतिष्ठानले जनाएको छ।

शिक्षाध्याक्ष प्राडा शर्माले आज (आइतवार) नै निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालेका छन्। 

बीपी प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त नहुन्जेलसम्म शैक्षिक, प्रशासनिक, आर्थिक कार्य सुचारु गर्न साथै प्रतिष्ठानको काम कारबाही गर्न प्राडा शर्मालाई नियुक्ति गरिएको प्रतिष्ठानले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.