|

काठमाडौं : शिक्षक आन्दोलनमा आफू अभिभावक बताउने एक व्यक्ति घुसेपछि हातपात भएको छ। शिक्षकहरूले घुसपेठ भएको भन्दै उनीमाथि हातपात गरेका हुन्।

ती आन्दोलनमा छिरेका व्यक्ति आफूले गोदावरी नगरपालिका वडा-१ को सरस्वती माध्यमिक विद्यालयका अभिभावक सनोज महत रहेको बताएका छन्।

उक्त हातपात भएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएको छ। उक्त भिडियोमा उनले आफ्नो छोरी को भर्ना हुन नपाएपछि आजबाट आन्दोलनमा आउनुपरेको बताएका छन्।

उनले भने,‘मेरो बच्चा सरकारी स्कुलमा पढ्छ, बन्द गरेर मेरो बच्चाको भविष्य बर्बाद गर्न पाइँदैन।’ यति भनेपछि शिक्षकहरूले सरकारलाई भन्नु भनेका थिए। त्यसपछि ती महतले आफ्नो लागि सरकार शिक्षक पनि रहेको बताए।

‘तपाईंहरूले आन्दोलनको स्वरूप फेर्नुपर्छ, तपाईंहरूले विद्यार्थी नपढाएर, सडकमा भेला भएर नाचेर बस्न पाइन्नँ,म यही अनसन बस्छु,भाेलिदेखि अरु अभिभावकहरू पनि निस्किन्छन्,’उनले भने। शिक्षकहरूले उनलाई बाहिर जान भनेपछि प्रहरीको सुरक्षामा निकालिएका थिए। त्यहीबेला शिक्षकहरूले हातपात गरेको भिडियोमा देख्न सकिन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.