काठमाडौँ : निजामती कर्मचारी ट्रेड युनियनले कक्षा-१२ को परीक्षा सञ्चालनमा सहभागी गराउन खोजिएको भन्दै असन्तुष्टि जनाएको छ। आज बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा युनियनका नेताहरूले असन्तुष्टि जनाएका हुन्।
समितिका सभापति रामहरि खतिवडाका अनुसार बैठकमा युनियनका अध्यक्ष लगायत अन्य नेताहरूले आफूहरूलाई कक्षा १२ को परीक्षामा सहभागी गराउन नमिल्ने बताएका छन्।
उनले भने, ‘युनियनका केही मान्छेले कक्षा १२ को परीक्षामा सहभागी गराउन खोजिएको भन्दै यसमा असन्तुष्टि जनाउनु भएको छ। बैठकमा बोल्न त पाइन्छ, उहाँहरूले यही बोल्दै सहभागी नगराउन माग पनि गर्नुभएकाे छ।’
राष्ट्रिय परीक्षा बोर्डले आज बिहान मात्रै बैठक बसेर निजामती कर्मचारीहरूलाई सहभागी भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो तर उनीहरू सहभागी नहुने भएका छन्।
नेपाल शिक्षक महासंघले केही बेरअघि विज्ञप्ति जारी गर्दै शिक्षकहरू उक्त परीक्षामा सहभागी नहुने जनाएको छ। सरकार र महासंघकै टसलका कारण कक्षा १२ को परीक्षा भने अन्योलमा परेको छ। परीक्षार्थी र अभिभावकहरू चिन्तित बनेका छन्। बोर्डले यही वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने समय ताेकेकाे छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।