काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ।
आज नेप्से परिसूचक ३२ दशमलव ३९ अङ्कले घटेर दुई हजार छ सय ५५ दशमलव ९४ को बिन्दुमा कायम भएको हो। यो साताको कारोबारमा नेप्से परिसूचक लगातार चौथो दिन पनि घटेको हो।
आज ३०८ कम्पनीको एक करोड ८४ लाख ७७ हजार ७०३ कित्ता शेयर ६४ हजार १४० पटक खरिदबिक्री हुँदा सात अर्ब ५७ करोड ५५ लाख १७ हजार २४६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको उपसूचक सामान्य अङ्कले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा बढी विकास बैंक समूह दुई दशमलव शून्य नौ प्रतिशतले घटेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।