काठमाडौँ : आन्दोलनरत शिक्षकहरूले भाेलि वृहत खुला रक्तदान गर्ने भएका छन्।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार महासंघको आयोजनामा भोलि ११ गते दिउँसो २ बजे आन्दोलनस्थल बिजुलीबजारको (आर्क पुल) मा रक्तदान कार्यक्रम सञ्चालन हुनेछ।
उनले रक्तदान गर्ने कार्यक्रम रहेकाले इच्छुक व्यक्तिहरूलाई रक्तदान गर्न अनुरोध पनि गरेका छन्।
चैत २० गतेदेखि देशभरका शिक्षक/कर्मचारीहरू शिक्षा विधेयक जारी गर्न माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।