|

पदम बडाल-

    दार्चुला : चार वर्षपहिले महाकाली नदीले दार्चुला सदरमुकामको बस पार्क बगाएपछि अहिले सडकमै बस पार्किङ गरिरहेका छन् यातायात व्यवसायीहरु। बसपार्क नै नभएपछि सदरमुकाम बजारसँगै रहेको वीरेन्द्र वन क्षेत्रमा रहेको सडक छेउमै बस र जिपहरु पार्किङ गर्नुपर्ने बाध्यता रहेको यातायात व्यवसायी बताउँछन्।

    जिल्ला सदरमुकाममा पायक पर्ने ठाउँमा बसपार्क बनाउन लायक ठाउँ नै नभएको व्यवसायीहरुको धारणा छ। ‘अन्य पायक पर्ने ठाउँमा बस पार्कको लागि उपयुक्त ठाउँ नै पाउन सकिएको छैन।’ यातायात व्यवसायी महेन्द्र अवस्थीले भने। बस पार्कका लागि वैकल्पिक जग्गाको खोजी गरिएको भए पनि उपयुक्त स्थान नभेटिएको पनि यातायात व्यवसायी बताउँछन्। ‘सदरमुकाम क्षेत्रमा जुन ठाउँहरु खाली छन् ती क्षेत्रमा बसपार्क बनाउन सक्ने गरी मैदान भएको ठाउँ छैन।’ महाकाली यातायात दार्चुलाका प्रतिनिधि सर्पराज बडूले भने।

    बसपार्कका लागि तटबन्ध निर्माण भएपछि बाँकी रहने सोही क्षेत्रको सरकारी जग्गा उपयुक्त हुने पनि व्यवसायी बताउँछन्। ‘सरकारले अब सरकारी जग्गामा बसपार्क बनाएर सहयोग गर्नुपर्छ।’ व्यवसायी पूर्णबहादुर बमले भने।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.