|

काठमाडौं : मृत्यु भएको व्यक्तिको पासपार्टमा एक नेपाली दम्पती १५ वर्ष अमेरिका बसेको खरलासा भएको छ। तर सक्कली पासपोर्ट प्रयोग गर्ने क्रममा उनीहरू प्रहरीको फन्दामा परेका छन्।

सोलुखुम्बुका लाक्पा शेर्पा र उनकी श्रीमती थोक्पाको कथा हो, यो। १५ वर्ष अमेरिका बसेर उनीहरू दुई महिनाअघि नेपाल फर्किए। यस अवधिमा उनीहरूलाई अमेरिकामा धेरैले पेम्बा र याङ्जी भनेर चिन्थे। दुवैले आफ्नो नाम पेम्बा र याङजी भएको बताउने गरेका थिए। 

पासपोर्टमा पनि त्यही नाम थियो। पेम्बा र याङ्जी शेर्पाको पासपोर्टमा आफ्नो फोटो टाँसेर उनीहरू अमेरिका गएका थिए। पासपोर्टको अवधि सकिएपछि पुनः त्यही नाममा पासपोर्ट बनाए। तर एउटा औंठा छापले १५ वर्षअघिको उनीहरूको अपराध अहिले बाहिर आयो।

लाक्पा र थोक्पा अहिले प्रहरी हिरासतमा छन्। उनीहरू तीन साताअघि पक्राउ परेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.