|
तस्विर– विशाल सापकोटा\थाहा

वीरगञ्ज : पर्सामा बिहान ७ बजेदेखिनै स्थानीय तहको निर्वाचनका लागि मतदान सुरु भएको छ। 

वीरगञ्ज महानगरपालिका–३ मा रहेको मालपोत कार्यालयको मतदान केन्द्रबाट ८७ वर्षीय वृद्ध असलम अन्सारीले मतदान गरी आफ्नो मताधिकार प्रयोग गरेका छन्। सोही मतदान केन्द्रबाट वीरगञ्ज महानगरपालिकाको प्रमुख पदका उम्मेदवार राजेशमान सिंहले मतदान गरे। 

यहाँ एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तह छन्। जिल्लामा दुई लाख ८० हजार २१२ जना मतदाताले मताधिकार प्रयोग गर्न बिहानैदेखि मतदान केन्द्रमा जम्मा हुँदैछन्। 

सुरक्षा व्यवस्था अति नै कडा पारिएपछि मतदाता निर्धक्क भई शान्तिपूर्णरुपमा मतदान गरिरहेका सुरक्षा अधिकारीहरूले बताएका छन् । जिल्लामा एक सय ६७ मतदानस्थल र तीन सय ४४ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.