|

काठमाडौं : नेकपा माओवादी केन्द्रले बाराको देवताल गाउँपालिका वडा नम्बर १ मा प्यानलसहित जित हात पारेको छ। वडाध्यक्षमा माओवादी उम्मेदवार पानालाल साह कलवार ४ सय ८१ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत यामप्रसाद ढुंगानाले जानकारी दिए।

यसअघि सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर १ को अध्यक्षमा माओवादी उम्मेदवार मोहनबहादुर खत्री ३४२ मत प्राप्त गरी विजयी भइसकेका छन्।

यस्तै धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ मा पनि माओवादीले जित हात पारेको छ। वडाध्यक्षमा माओवादी उम्मेदवार सत्यनारायण कुमार दनुवार २०६ मत ल्याएर विजयी भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.