|

पर्वत : बागलुङको हुग्दीशिर अन्तर्गत खाल्टाखर्कमा भएको जीप दुर्घटनामा परी दुई जना प्रहरीको मृत्यु भएको छ। बागलुङ बजारबाट बरेङ गाउँपालिका वडा नम्वर ३ बाटाकाचौर नयाँबजारका लागि छुटेको ध १ ज १३४ नम्बरको पिकअप जिप  दुर्घटना हुँदा जीपमा सवार प्रहरी हवल्दार खीमबहादुर विष्ट र प्रहरी जवान ढालबहादुर श्रीसको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिए। 

उनीहरु दुवै जना दुई नम्बर प्रदेशमा भएको निर्वाचन सकाएर साबिककै ड्यूटीमा फर्किँदै गरेका थिए। दुर्घटनामा परी अन्य १२ जना घाइते छन्। घाइतेमध्ये समिर मिया, मञ्जी खातुन, सबिना खातुन, जिप चालक साधन श्रीषको धौलागिरी अंचल अस्पतालमा उपचार भइरहेको छ।

अन्य घाइतेहरु प्रहरी जवान गुञ्जबहादुर राना, रिना लामिछाने, सत्कार लामिछाने, तमबहादुर खत्री, जितु लामिछानेलाई थप उपचारको लागि पाल्पा पठाइएको छ। सामान्य घाइते प्रहरी जवान शेरबहादुर नेपाली भने इलाका प्रहरी कार्यालय बरेङमा फर्किएका छन्। 

१४ जना सवार रहेको उक्त जीप अपरान्ह ३ बजेको समयमा सडक बाट करीव २ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो। दुर्घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक खापुङले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.