|

काठमाडौं : कामदारलाई कानुनी रूपमा वैदेशिक रोजगारीमा पठाउने अनुमतिप्राप्त म्यानपावर सञ्चालक भिजिट भिसाको धन्दामा लागेको पाइएको छ। भिसिट भिसामा कामदारलाई खाडी मुलुक पठाउने र उनीहरूबाट ठूलो रकम असुली गर्ने धन्दामा लागेको अभियोगमा प्रहरीले एक व्यवसायीलाई पक्राउ गरेपछि यो तथ्य खुलेको हो।

भिजिट भिसामा कामदारलाई खाडी मुलुक पठाउने धन्दामा लागेका पाण्डोरा टिम कर्पोरेसनका सञ्चालक ईश्वर भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।
१६ जनालाई भिजिट भिसामा संयुत्त अरब इमिरेट्स पठाएर अलपत्र पारेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोले बागलुङको हटिया घर भई पाण्डोरा टिम कर्पोरेसन म्यानपावर सञ्चालन गरिरहेका भण्डारीसहित सोही म्यानपावरका लागि एजेण्टको काम गर्ने विर्घमान गुरुङ, राजु घले र भानु ढकाललाई पनि पक्राउ गरेको ब्युरोका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए।

राम्रो पारिश्रमिक पाइने भन्दै गिरोहले भिसिट भिसामा संयुक्त अरब इमिरेट्स पठाइएका १६ जना अलपत्र परेपछि ब्युरोले अनुसन्धान थालेको थियो। रोजगारीका क्रममा विदेश पुगेका उनीहरू अलपत्र परेपछि अन्तर्राष्ट्रिय आप्रवासन संग७न (आइओएम) र एनआरएनए युएई शाखाको सहयोगमा उनीहरूलाई नेपाल फर्काइएको थियो।

भिजिट भिसा चलाइरहेको गिरोहमा थुप्रै व्यक्ति सामेल भइरहेकाले उनीहरूको खोजी भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.