|

काठमाडौं : गत संविधानसभा निर्वाचनमा समानुपातिकबाट सांसद बनेका गोपालमान श्रेष्ठ स्याङ्जा २, डा. प्रकाशरण महत काठमाडौं ५, डा. मीनेन्द्र रिजाल मोरङ २, सीता गुरुङ तेह्रथुम, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४, प्रदीप गिरी सिरहा १, आनन्द ढुंगाना धनुषा १, महेन्द्र यादव धनुषा ४, महालक्ष्मी उपाध्याय मकवानपुर २, अम्बिका बस्नेत काठमाडौं ३ र आरजु राणा कैलाली ५ बाट उम्मेदवार बनेका छन् ।

यी हुन् प्रदेश सभामा चर्चित अनुहार

नेविसंघका तीन पूर्वअध्यक्ष प्रदेश सभाका उम्मेदवार बनेका छन् । केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र गोविन्द भट्टराई तनहुँ २ (क), भट्टराई तनहुँ १ (क)बाट उम्मेदवार बनेका हुन् । पूर्वअध्यक्ष रञ्जित कर्णले सप्तरी २ (क) प्रदेश सभामा टिकट पाएका छन् । अर्का पूर्वअध्यक्ष महेन्द्र शर्मा बर्दिया २ को प्रदेश सभाबाट सिफारिस भए पनि टिकट पाउनबाट वञ्चित रहे । कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरेले सिन्धुली १ (ख) र केन्द्रीय सदस्य जीवन परियारले कास्की १ (क)बाट टिकट पाएका छन् ।

कांग्रेसबाट प्रदेश सभामा उठेका चर्चित अनुहारमा लोकेश ढकाल काठमाडौं २ (क), इन्द्र बानियाँ मकवानपुर २ (ख), धु्रव वाग्ले तनहुँ २ (ख)बाट उम्मेदवार बनेका छन् । यस्तै, गणेश लामा काभ्रे १ (क) र मीनकृष्ण महर्जन ललितपुर १ (ख) बाट प्रदेश सभामा उठेका छन् ।

फेरि कांग्रेसमा सक्रिय दमननाथ ढुंगाना

पूर्वसभामुख दमननाथ ढुंगाना २३ वर्षपछि चुनावी मैदानमा ओर्लेका छन् । कांग्रेसले भक्तपुर २ बाट ढुंगानालाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको हो । सो क्षेत्रमा उनको प्रतिस्पर्धा वाम गठबन्धनका महेश बस्नेतसँग हुँदै छ । ढुंगाना ०४८ मा भएको संसदीय निर्वाचनमा काठमाडौं २ बाट निर्वाचित भएपछि सभामुख भएका थिए । ०५१ मा भएको मध्यावधि निर्वाचनमा पराजित भएपछि ढुंगाना कांग्रेसको राजनीतिमा निष्क्रिय भएका थिए । कांग्रेस राजनीतिमा निष्क्रिय रहे पनि उनी मानवअधिकार, नागरिक समाजका नेताका रूपमा सक्रिय रहँदै आएका थिए ।

ढुंगानाले कम्युनिस्टहरू गठबन्धन बनाएर लाग्दा कांग्रेसले पनि लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउन आफ्नो भूमिका पुनः खोजेको बताए । ‘पहिले सक्रिय थिएँ । तर बीचमा दलको सक्रिय कार्यकर्ता भएर राजनीति गरिनँ,’ ढुंगानाले नयाँ पत्रिकासँग भने, ‘वाम गठबन्धन एकातिर भएका वेला कांग्रेस र पार्टी सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गठबन्धनलाई प्रभावकारी बनाउन, विस्तारित गर्न र अझै बलियो बनाउन मलाई पनि सम्झिएपछि म सहमत भएँ र उम्मेदवार बनेँ ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.