|

काठमाडौं : चुनावपछि राष्ट्रिय मान्यताप्राप्त दल कति हुन्छन्? निर्वाचनसँगै यो विषय चासोमा छ। किनभने प्रतिनिधिसभा निर्वाचनमा कम्तीमा प्रत्यक्षमा एक सिट र तीन प्रतिशत मत प्राप्त गर्ने मात्र राष्ट्रिय पार्टी हुनेछन्। यसले बढीमा ६ दलसम्म राष्ट्रिय पार्टी बन्न सक्नेछन् विगतका चुनावी परिणाम केलाउँदा। 

संविधानसभाको पहिलो निर्वाचनयता व्यवस्थापिकामा सदस्यको संख्यामात्रै होइन संसदमा प्रतिनिधित्व गर्ने दलको संख्या पनि ठूलो थियो। संविधानसभाबाट जारी संविधान कार्यान्वयनयताको पहिलो निर्वाचनबाट बन्ने संघीय संसदमा भने सांसदको संख्यामात्रै होइन सदनमा प्रतिनिधित्व गर्ने दलको संख्यामा समेत छरितोपन आउनेछ। 

व्यवस्थापिका संसदको भूमिकामा समेत रहेको पहिलो संविधानसभामा २५ र दोस्रो संविधानसभामा ३० दलको प्रतिनिधित्व थियो। बहुदलीय व्यवस्थायताका आमनिर्वाचनमा ६ दलसम्मले मात्र तीन प्रतिशत मत कटाएको देखिन्छ। स्थानीय तहको निर्वाचनमा एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबाहेकका दलले ३ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन्। निर्वाचन आयोगको तथ्याङ्क अनुसार पहिलो संविधानसभामा तीन प्रतिशभन्दा बढी मत प्राप्त गर्ने दलको संख्या ५ र दोस्रोमा ४ मात्रै थियो। त्यसैगरी २०४८ सालमा ६, २०५१ मा ४ र २०५६ मा ६ दललेमात्र तीन प्रतिशत मत कटाएका थिए। 

समानुपातिकतर्फ प्रतिनिधिसभामा तीन प्रतिशत र प्रदेशसभामा डेढ प्रतिशतभन्दा कम मत प्राप्त गर्नेदलको मत खेर जाने कानुनी व्यवस्थाका कारण सिट प्राप्त गर्न नसक्ने साना दलहरुमा छरिएको मतको फाइदा पनि सिट प्राप्त गर्ने ठूला दलहरुलाई नै हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.