|

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलले प्रचार प्रसार तीव्र पारेका छन्। ठूला दलको तुलनामा कमजोर देखिए पनि उनीहरू कुनै कसर नराखी प्रचारमा जुटेका हुन्।

ठूला दल राष्ट्रिय अखबारमा छाउन थालेका छन् भने साना दल सामाजिक सञ्जालमा केन्द्रित छन्। साना दलका उम्मेदवारले सामाजिक सञ्जालका साथै विभिन्न अनलाइन तथा युट्युब च्यानल प्रयोग गरिरहेका छन्। कतिपय उम्मेदवारले आफ्ना प्रोफाइल विभिन्न अनलाइनमा छ्याप्छ्याप्ती बनाएका छन्।

काठमाडौं ४ बाट विवेकशील साझा पार्टीका प्रतिनिधिसभा उम्मेदवार सुबुना बस्नेत कात्तिक अन्तिमदेखि टेम्पो ‘रिजर्भ’ गरेर प्रचारमा जुटेकी छिन्। उनी प्रचारमोहले नभई वातावरणमैत्री टेम्पो चढेर स्वालम्बनको उदाहरण दिन खोजेको तर्क गर्छिन्। ‘यो चर्चा कमाउने उद्देश्यले गरिएको होइन। वातावरण प्रदूषण्विरुद्ध उदाहरण पेश गरेकी हुँ’, उनले भनिन्।

ललितपपुर १ बाट संघीय समाजवादी फोरमका प्रतिनिधिसभाका प्रत्यासी योगेन्द्र घिसिङले आफ्नो जीवनकथालाई स्केच बनाएर बाँडिरहेका छन्। उनी भन्छन्, ‘लोकतन्त्रप्राप्तिका लागि मैले गरेको संघर्ष चित्रमा उल्लेख गरेको हुँ। कथा सुनाएर भोट मागेको होइन।’

नवलपरासी बर्दघाट सुस्तापूर्व क्षेत्र नं. २ मा देशभक्त गणतान्त्रिक मोर्चाबाट प्रतिनिधिसभाका प्रत्यासी नारायण पगेनी तीन सातादेखि मोटरसाइकलमार्फत प्रचार गरिरहेका छन्। दुई\चार जना मतदाताबीच पुग्दै उनले फेसबुकमा फोटो अपलोड गर्ने गरेका छन्। उनी सम्पूर्ण निर्वाचन क्षेत्रमा मोटरसाइकलमै पुगे। मेरो उम्मेदवारी जीतभन्दा पनि दुई गठबन्धनलाई कमजोर बनाउनु हो’, उनले भने।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.