|

सर्लाही : दलहरू निर्णायक मतदाता मानिएका मुसहर समुदायको मत आफूतिर तान्ने कसरतमा लागेका छन्। यसका लागि उनीहरू आसर्थक समृद्धि र विकासका नारामात्र लगाइरहेका छैनन्, बस्तीमै पुगेर भोज खुवाउँदै छन्।

मदिरा र मासुले लोभ्याएर भोट तान्ने गलत परिपाटी यसपालि पनि दलहरूले छोडेनन्। गत स्थानीय निर्वाचनमा पनि उनीहरूले मदिरा र मासुसँग मुसहरका भोट साटेका थिए। हरिपुर नगरपालिका–७ चितायन टोल मुसहर बस्तीका रामकृष्ण माझी नेताले मासु र मदिरामा भोट किन्ने गरेको बताउँछन्। ‘चुनावको बेला केही दिनअघिदेखि नै हाम्रो बस्तीमा नेता आउन थाल्छन्’, उनले भने, ‘माछा, मासु र मदिरामात्र होइन नगद दिएर भोट किन्ने गर्छन्।’

मासु–मदिरासँगै उम्मेदवारले मुसहरहरूलाई घर बनाइदिने, बिजुली बालिदिने, भाँडाकुँडा किनिदिन जस्ता आश्वासन दिने गरेका छन्। भौतिक पूर्वाधारका लागि कुनै संरचना नभएको बस्तीमा उममेदवारले देखाएको सपनाप्रति स्थानीयलाई पटक्कै विश्वास छैन। स्थानीय उर्मिला माझीले वषौंदेखि जति आश्वासन दिए पनि नेताहरूले पूरा नगरेको बताइन्। ‘विकासका कुरा सुनेको वर्षौं भयो’, उनले भनिन्, विकास कस्तो हुन्छ भन्ने हामीले देख्न पाएका छैनौं।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.