|

रुपन्देही : रुपन्देहीबाट विभिन्न दलका नेताहरुले मतदान गरेका छन्। रुपन्देही २ का उम्मेदवार तथा एमाले उपमहासचिव विष्णु पौडेलले बुटवलको सडक डिभिजन कार्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन्। 

कांग्रेस नेता तथा निर्वाचन प्रचार संयोजक बालकृष्ण खाँणले रुपन्देही ३ को तिलोत्तमा ७ बाट मतदान गरेका छन्। स्वास्थ्यमन्त्री तथा राप्रपा प्रजातान्त्रिकका बरिष्ठ उपाध्यक्ष दीपक बोहराले सिद्धार्थनगर नगरपालिका ३ को खजहना निमाविमा रहेको मतदान स्थलको मतदान केन्द्रमा मतदान गरेका छन्। बोहरा लोकतान्त्रिक गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्। 

यी उम्मेदवार, जसले आफैलाई भोट हाल्न पाएनन्

एमाले उपमहासचिव घनश्याम भुसालले आफैलाई भोट हाल्न पाएनन्। रुपन्देही ३ का उम्मेदवार उनले रुपन्देही १ मा पर्ने तिलोत्तमा ९ बाट मतदान गरे। 
उनले भोट हालेकै क्षेत्रका एमाले उम्मेदवार छविलाल विश्वकर्माले पनि आफुलाई भोट हाल्न पाएनन्। रुपन्देही १ का उम्मेदवार विश्वकर्माको मतदाता नामावली रुपन्देही २ को बुटवलमा छ। 

रुपन्देही ५ मा माओवादी केन्द्रका उम्मेदवार डिलाराम आचार्यले पनि आफूलाई भोट दिन पाएनन्। उनको नामावली रुपन्देही २ को बुटवलमा छ। रुपन्देही २ का नयाँ शक्ति पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार मनिकर कार्कीले पनि आफूलाई मत दिन पाएनन्। उनको नामावली रामेछापमा छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.