|

चितवन : चितवनमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना शुक्रबार मात्रै गरिने भएको छ। चितवनको विकट क्षेत्रका मतपेटिकाहरु ल्याउन समय लाग्ने भएकाले शुक्रबारबाटमात्रै मतगणना सुरु हुने चितवनका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद शर्माले जानकारी दिए।

उनका अनुसार चितवनको पहाडी क्षेत्रका मतपेटिका आउन राति १ बजेसम्म लाग्ने अनुमान गरिएको छ। आजै दलहरुसँग छलफल गर्ने सम्भावना नरहेकाले शुक्रबार बिहान छलफल गरेलगत्तै मतगणना सुरु गर्ने शर्माले बताए। यसपटक भरतपुरस्थित चितवन माविको भवनमा मतगणना हुने शर्माले जानकारी दिए। विगतको दुईवटा संविधानसभा निर्वाचनमा पनि सोही स्थानमा मतगणना भएको थियो।

स्थनीय तह निर्वाचनको मतगणना भने भरतपुरको कभर्डहलमा गरिएको थियो। कभडहलमा मतगणनाको क्रममा मतपत्र च्यातिएपछि मतपत्रको सुरक्षालाई मध्यनजर गरी यहाँ तारजाली लगाएर गणना स्थलको तयारी अन्तिम चरणमा पुगेको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए।

उनका अनुसार तीनवटा निर्वाचन क्षेत्रका मतगणना ९ स्थानमा हुनेछ। यसपटक मतगणनामा कर्मचारीहरु भने सबै महिला राख्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मुख्य निर्वाचन अधिकृत शर्माले भने, ‘हाम्रोतर्फबाट गणकहरु महिला छानिसकिएको छ, दलहरुलाई पनि महिला राख्न आह्वान गरिएको छ, सकेसम्म महिला नै राख्ने प्रयासमा छौं।’

शर्माले अहिले मतगणना स्थल भरतपुरको चितवन माविमा आवश्यक सीसी क्यामेरा, इन्टरनेट तथा बत्तीको व्यवस्थापनसहितको तयारी भइरहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.