|

चितवनः शुक्रकबार बिहान ९ बजेदेखि गर्ने भनिएको चितवनको मतगणना पाँच घण्टा ढिला गरी दिउँसो २ बजेबाट सुरु भएको छ। 

जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार आन्तरिक व्यवस्थापनका कारण मतगणना सुरु हुन ढिलाइ भएको हो। सबै तयारी पूरा भएपछि २ बजेबाट गणना थालिएको हो।

गणनाको प्रक्रिया भने साढे १२ बजेदेखि सुरु गरिएको बताउँदै मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले अहिले तीनवटा निर्वाचन क्षेत्रको गणना एकै साथ भइरहेको जानकारी दिए।

यसअघि बिहीबार राती मुख्य निर्वाचन अधिकृतसँग बसेको सर्वदलीय बैठकले शुक्रबार बिहान ९ बजेदेखि गणना गर्ने निर्णय गरेको थियो। तर आज बिहान पुनः सर्वदलीय बैठक बसी मतगणना तत्कालै सुरु गर्ने निष्कर्ष निकाले पनि तयारी नपुग्दा ढिलाइ भएको हो। 

चितवनका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले एक उम्मेदवारको एक जना प्रतिनिधि राख्ने र प्रत्येक क्षेत्रको तीन ठाउँमा गणना हुने जानकारी दिए। चितवनमा तीनवटा निर्वाचन क्षेत्र रहेका छन्। 

चितवनको भरतपुर माविमा हुने मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। गणनास्थलमा तारजाली लगाइएको छ भने सीसी क्यामेरासमेत जडान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.