|

विराटनगर : मोरङका ६ निर्वाचन क्षेत्रमध्ये ४ वटामा वाम गठबन्धनले अग्रता लिएको छ। एउटामा कांग्रेसको अग्रता छ भने एउटामा प्रारम्भिक नतिजा पनि आउन बाँकी छ।

मुख्य निर्वाचन कार्यालयका अनुसार मोरङ क्षेत्र नम्बर १ मा एमालेका घनश्याम खतिवडाले करिब २ सय मतले अग्रता लिएका छन्। उनले ३२८४ मत ल्याएका छन् भने कांग्रेसका डिगबहादुर लिम्बुले ३०७७ मत पाएका छन्।

मोरङ क्षेत्र नम्बर २ कांग्रेसका डा. मिनेन्द्र रिजालले २३०३ मतसहित अग्रता लिएका छन्, एमालेका ऋषिकेश पोखरेलले १९५५ मत पाएका छन्। क्षेत्र नम्बर ३ मा एमालेका भानुभक्त ढकालले २७३३ मत ल्याएका छन् भने कांग्रेसका सुनील शर्माले २४०० मत पाएका छन्।

क्षेत्र नम्बर ४  माओवादी केन्द्रका अमनलाल मोदीले ३९९९ मत पाएका छन् भने कांग्रेसका महेश आचार्यले २५८९ मत पाएका छन्। क्षेत्र नम्बर ६ मा एमालेका लालबाबु पण्डितले २६२४ र कांग्रेसका डा. शेखर कोइरालाले २२८६ मत पाएका छन्। मोरङ क्षेत्र नम्बर ५ को भने एक पटक पनि मत परिणाम सार्वजनिक गरिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.