|

पोखरा : कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा वाम गठबन्धनबाट एमाले केन्द्रीय सदस्य चर्चित युवा नेता रवीन्द्र अधिकारी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले विजयी भएका हुन्।

अधिकारीले २७ हजार २०७ मत प्राप्त गरे भने चालिसेले १८ हजार ६६१ मत प्राप्त गरे। यसअघि ०६४ र ०७४ को संविधानसभामा कास्की क्षेत्र नं ३ बाट बिजयी बनेका थिए।

कास्की क्षेत्र नं १ र ३ को प्रतिनिधिसभाको मत गणना जारी रहेको छ। प्रदेश सभामा कास्की २(१) बाट बाम गठबन्धनका कृष्ण थापा र कास्की २(२ ) बाट नेपाली कांग्रेसका विन्दुकुमार थापा विजयी भइसकेका छन् भने अन्य प्रदेश सभामा बाम गठबन्धनका उम्मेदवारहरु नै अग्रस्थानमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.