|

गोरखा : गोरखा प्रतिनिधिसभा क्षेत्र २ मा निर्वाचित भएपछि नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराईले आफू जनताको सेवक हुने बताएका छन्।

उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रमाण पत्र बुझ्दै भने  ‘म जनताको सेवक छु र हुनेछु। आगामी दिनमा म उहाँहरुकै सेवक हुनेछु र र छु पनि। युग सापेक्षित म जनताको सेवक हुनेछु। जननिर्वाचित भएका व्यक्तिहरु भनेको मालिक होइनन् सेवक हुन्।’

उनले संविधानलाई सर्वस्वीकार्य बनाउन आफूले विशेष भूमिका खेल्ने समेत बताए। गोरखा २ का सबै मतदाता, शुभचिन्तक र सहयोग गर्ने सबैलाई धन्यावाद समेत दिए । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.