|

भक्तपुर : क्षेत्र नं.–२ मा प्रतिनिधिसभा र प्रदेशसभाका दुई वटै क्षेत्रमा वाम गठबन्धनले जित हासिल गरेको छ। प्रतिनिधिसभा सदस्यतर्फ एमालेका उम्मेदवार महेश बस्नेतले कांग्रेसका दमननाथ ढुंगानालाई झण्डै दोब्बर मतले हराएका हुन्।

बस्नेत ३६ हजार ४ सय १२ मत प्राप्त गरी विजयी भएका हुन्। ढुंगानाले १८ हजार ६ सय ८७ मत ल्याए। त्यस्तै, नेमकिपाकी अनुराधा थापा मगरले ५ हजार ४ सय ७१ मत प्राप्त गरेकी छिन्।

प्रदेशसभा कमा एमालेका शशिजंग थापा विजयी भए। थापाले कांग्रेसका अंगत खड्कालाई १० हजार ४ सय मतान्तरले पराजित गरेका हुन्। थापाले १९ हजार ५ सय १५ मत ल्याउँदा खड्काले ९ हजार १ सय १५ मत पाए। यस्तै, नेमकिपाका सरोजराज गोसाईंले २ हजार ६ सय ५४ मत प्राप्त गरे।

यस्तै प्रदेशसभा खमा वाम गठबन्धनकै उम्मेदवार राजेन्द्रमान श्रेष्ठले कांग्रेसका गणेशमान चक्रधरलाई २ हजार ६ सय ९१ मतान्तरले हराएका छन्। श्रेष्ठले १४ हजार २ सय २९ मत ल्याएर विजयी हुँदा कांग्रेसका चक्रधरले ११ हजार ५ सय ३८ मत ल्याए। यस्तै, नेमकिपाका प्रेमजन थापाले २ हजार ३ सय ५५ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.