|
File Photo

इलाम : इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल ३६ हजार ८०७ मतसहित विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६३७ मत प्राप्त गरे। खनालले कट्टेललाई १७ हजार १७० मतले पछि पारेका थिए। उक्त क्षेत्रमा कूल ६४ हजार ५१२ मत खसेको थियो।

प्रदेशसभा २ (ख) मा वाम गठबन्धनबाट नेकपा एमालेका काजीमान कागते १७ हजार ९८६ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दुर्गा बरालले १० हजार २१ मत प्राप्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.